काठमाडौंका सबै पेट्रोल पम्पमा शौचालय अनिवार्य



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सम्पूर्ण पेट्रोल पम्पहरुमा शौचालय अनिवार्य रुपमा हुनुपर्ने निर्णय भएको छ।

काठमाडौं महानगरपालिकामा पुस १९ गते महानगरपालिका, नेपाल प्रहरी, सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, आयल निगम, पेट्रोलियम डिलर्स एशोसिएसनलगायतका निकायको बैठकमार्फत महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै पम्पहरुमा आगामी ४५ दिनभित्र शौचालय निर्माण गरि सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

बैठकको निर्णयकाअनुसार पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावी २०७५ बमोजिम सौचालय निर्माण गरि सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

त्यस्तै, महानगर क्षेत्रभित्र रहेका पेट्रोल पम्पहरुमा गर्नुपर्ने सुधारका लागि पनि अध्ययन गरि ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन समेत भएको छ ।

बैठकबाट महानगरको नगर प्रहरी उपरिक्षक विष्णु प्रसाद जोशीको संयोजकत्वमा आयल निगम, उपत्यका ट्राफिक प्रहरी महाशाखा सडक विभागलगायतका प्रतिनिधिहरुसहितको ७ सदस्यीय समिति स्गठन गरिएको छ । उक्त समितिले आगामी ४५ दिनभित्र अध्ययन गरि प्रतिवेदन पेस गर्ने समेत निर्णय बैठकबाट भएको छ ।


क्लिकमान्डु