राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको भन्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए ।

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर आज बिहान काठमाडौं आइपुगेका हुन् ।जयशंकरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


क्लिकमान्डु