सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस



काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।


क्लिकमान्डु