सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु