विशेष विमानमार्फत काठमाडौं आए भारतीय विदेशमन्त्री जयशंकर



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । काठमाडौंमा हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठक सुरु हुनुअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।


क्लिकमान्डु