जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो



एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।

इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो । इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली पराकम्पहरू आउनसक्ने चेतावनी दिएको छ । सोमवारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ ।


क्लिकमान्डु