पशुपति क्षेत्र विकास कोषले तयार गर्‍यो बहाल व्यवस्थापन कार्यविधि मस्यौदा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल मस्यौदा तयार गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरी मन्त्रालयमा पेश गरेको छ । बहाल व्यवस्थापन कार्यविधि बनाएर आम्दानी वृद्धि गर्ने कोषले जनाएको छ ।

कार्यविधि नबन्दा कोषको अचल सम्पत्ति कौडीको मूल्यमा प्रयोग हुँदै आएको छ ।

कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवदीको संयोकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले बुधबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई मस्यौदा बुझाएको हो ।

मस्यौदा अध्ययन गरेर कार्यान्वयमा लाने मन्त्री किरातीले बताए ।


क्लिकमान्डु