नापी कार्यालयमा सेवाग्राहीको समस्या समाधानमा केन्द्रित छु: सापकोटा



भक्तपुर । नापी कार्यालय भक्तपुरले का प्रमुख डा. प्रदीप सापकोटाले सेवाग्राहीको समस्या समाधानमा आफू गम्भीर भएर लागेको बताएका छन् । नापी कार्यालयबारे केही सञ्चारमाध्यममा नियतबश भ्रामक समाचार भएकोभन्दै ध्यानाकर्षण भएको उनले जनाएका छन्

प्रमुख डा. सापकोटाले केही सञ्चारमाध्यमले गलत नियत र मनसायका साथ भ्रामक समाचारहरु सम्प्रेषण गरिरहेको भन्दै सही सूचना दिन आग्रह गरे । भ्रष्टाचारजस्तो गम्भीर विषयमा आफू सदैव सजक रहेको र प्रचलित कानुनअनुसार कार्यसम्पादन गर्दै आएको उनको भनाइ छ ।

प्रमाणबिना व्यक्तिगत छविमा समेत धक्का पुर्‍याउने नियतले सामग्रीहरु प्रकाशन र प्रसारण नगर्न अनुरोध गर्दै उनले प्रमाणसहित आए आफू कानुनबमोजिमको सजाय भोग्न तयार रहेको सापकोटाले बताए ।

कात्तिक १ गतेबाट भक्तपुरमा कार्यभार ग्रहण गरेका सापकोटाले आफू ऐन नियमको परिधिभित्र रहेर सेवाग्राही र कार्यालयको सेवामा प्रतिवद्ध रहेको बताए ।

नापी कार्यलयमा जनताहरु(सेवाग्राही )सँग सहजै उपलब्ध भई समस्याहरुको सामधान गर्ने कार्यको सुरुवात भएकोमा सेवाग्राही उत्साहित भएको सापकोटाको भनाइ छ ।


क्लिकमान्डु