सामाजिक सुरक्षा कोष र बलरा नगरपालिकाबीच श्रमिक आबद्धता सम्बन्धी सम्झौता



काठमाडौं । सरकारले सुरु गरेको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान अन्तर्गत मधेस प्रदेशको सर्लाही जिल्लाको बलरा नगरपालिका यस प्रकृयामा जोडिएको छ ।

सरकारको मुख्य प्राथमिकताको क्षेत्रको रुपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिकवर्गलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत स्थानिय तह तथा सो अन्तर्गतका अनौपचारिक क्षेत्र तथा स्वरोजगारलाई कोषमा आबद्ध गर्ने तर्फ स्थानिय सरकारहरुको चासो बढीरहेको छ । यसै अन्तर्गत बलरा नगरपालिका समेत यस प्रकृयामा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषको केन्दी्रय कार्यालयमा २०८० पुस १७ गते कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र बलरा नगरपालिका,सर्लाहीका मेयर रामाशंकर प्रसाद कुशवाहावीच बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजना भित्र समेट्नका लागि सम्झौंता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौंतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रकृया सुरु भएको छ । कोष र नगरपालिका वीच भएको सम्झौतापछि बोल्दै नगर प्रमुख कुशवाहाले नगर क्षेत्रभित्र रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकहरुलाई आगामी दिनमा नगरपालिकाले सहयोगदान मार्फत कोषमा आबद्ध गराउने प्रकृया अगाडी बढाउने जानकारी दिए ।

जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउँदै उनले जनतासामु गरेका प्रतिबद्धतालाई साकार रुप प्रदान गर्न नगर क्षेत्र भित्रका अनौपचारिक तथा स्वरोजगारका श्रमिकलाई बढी भन्दा बढी कोषमा आबद्ध गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् ।

यसै सन्दर्भमा बोल्दै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको यस निर्णयले बलरा नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानिय तहलाई समेत प्रेरित गरेको बताए ।

कोषमा आबद्धताको सन्र्दभमा योगदानकर्ताले प्राप्त गर्ने सुविधाबारे चर्चा गर्दै अधिकारीले अब कोष हरेक घरघरको अभिन्न अंग बन्नुपर्नेमा जोड दिए ।

स्थायी सेवामा काम गरिरहेका सरकारी कर्मचारीले मात्र पेन्सन प्राप्त गर्ने केही समय अघिसम्मको प्रचलन रहेकोमा अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएका र आगामी दिनमा आबद्ध हु्ने जोकोही श्रमिकले समेत पेन्सन प्राप्त गर्ने बताए ।

सक्रिय जीवनको निश्चित कमाईलाई निष्क्रिय जीवनमा सहज जीवनयापन गर्न बलियो आधार प्राप्त हुने बताउँदै यस प्रणालीमा जोडिन सम्पुर्ण सरोकारवालाहरुमा आग्रह गर्नुहुदै कोषको तर्फबाट कोषमा आबद्धताका सन्र्दभमा गर्नुपर्ने सम्पुर्ण कार्यका कोष प्रतिवद्ध रहेको समेत बताए ।


क्लिकमान्डु