सिप बिल्डिङ परीक्षामा फाराम भर्न दुई दिन म्याद थप



काठमाडौं । सिप बिल्डिङमा सहभागी भएका परीक्षार्थीहरुले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न दुई दिन म्यादन थप गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको ईपीएस कार्यालयले सूचना जारी गर्दै फाराम भर्न दुई दिन म्यादन थप गरेको हो ।

‘शाखावाट सन् २०२३ मा सीप बिल्डिङमा सहभागि भएका परीक्षार्थीहरुले सन् २०२३ मा सञ्चालन हुने उत्पादनमूलकको कोरियन भाषा परीक्षामा परीक्षा फारम भर्ने सूचना गत पुस १३ गते प्रकाशन गरिएको थियो ।

‘उच्च अदालत पाटनबाट पुस १३ गते जारी भएको अन्तरिम आदेशमा निवेदकहरु लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फारम भर्न दिनु दिलाउनु भनी जारी भएको आदेशको सम्बन्धमा वैदेशिक रोजगार विभागको निर्णयानुसार सिप बिल्डिङमा समावेश भएका सबै परीक्षार्थीहरुलाई मात्र उत्पानमुलक क्षेत्रको परीक्षामा फाराम भर्ने अवधि १८ सम्म तोकिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

गत पुस १३ गते बालकुमारीमा सिप बिल्डिङका परीक्षार्थीहरुले आवेदन दिन नपाएको भन्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार समेत हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङ क्षेत्रमा फाराम भर्ने परीक्षार्थीहरु समावेश हुन सक्ने देखिएको तथा फारम भर्न सुरु भएको पहिलो दिनमा सिस्टम प्राविधिक कारणले केहि समय अवरोध समेत भएको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै थप २ दिन अवधि थप गरि फारम भर्ने अन्तिम मिति पुस २० गतेसम्म तोकिएको छ ।


क्लिकमान्डु