यस्तो देखियो भृकुटीमण्डपको रियल इस्टेट मेला (फोटोफिचर)



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा रियल इस्टेट मेलाको आज अन्तिम दिन हो । नेपाल जग्गा आवास तथा आवास विकास संघले मेलाको आयोजना गरेको हो ।

मेलामा ६० वटाभन्दा धेरै स्टलहरु छन् । देशभरका घरजग्गा व्यवसायीहरुले आफ्नो प्रोपर्टी बिक्री गर्नका लागि विभिन्न अफरसहित सहभागी भएका छन् ।

रियल इस्टेट मेलामा आकर्षक अफरहरु सार्वजनिक गरी ग्राहकहरुलाई आकर्षण गरिरहेका छन् । कम्पनीले करोडौं लगानीको प्रोपर्टीमा किस्ताबन्दीको सुविधा, देशभरका जुनसुकै ठाउँको जग्गासँग घर साट्ने सकिने व्यवस्था गरेका छन् ।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन् । मेलाबाट २ अर्ब ५० करोड रूपैयाँको कारोबार हुने अपेक्षा रहेको छ ।

मेलामा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

डाउनटाउन हाउजिङको घरहरु किस्ताबन्दीमा किन्न सकिने, नेपाल रियल इस्टेट म्यानेजमेन्टको अफरः देशभरको जुनसुकै जग्गासँग घर साट्न सकिने, भूमि डेभलपर्सले घर खरिदमा १० प्रतिशत छुट दिने, पद्म रेसिडेन्सीले ७ प्रतिशतसम्म छुट दिने योजना राखेका छन् ।

मनमैजु रेसिडेन्सीको ४० प्रतिशतसम्म छुट, सिद्धार्थ हाउजिङ डेभलपर्सले घर खरिदमा १५ प्रतिशत र हेटौंडामा चार डेभलपर्सले प्लटिङ गरेको जग्गामा १५ प्रतिशत छुट दिने जनाएको छ ।


क्लिकमान्डु