भरतपुरमा बनिरहेको छ ४ अर्ब लगानीमा ३५० शय्याको अस्पताल, ५० प्रतिशत काम सकियो



काठमाडौं । चितवनको भरतपुरमा ४ अर्ब लगानीमा अस्पताल बनिरहेको छ । न्यूटन अस्पताल प्रालिले चितवनमा ४ अर्ब लगानीमा ३५० शय्या क्षमताको अस्पताल बनाइरहेको हो ।

अस्पतालले १ अर्ब ८९ लाख करोड रुपैयाँ बैंकबाट कर्जा लिएको छ भने बाँकी २ अर्ब ११ करोड रुपैयाँ लगानीकर्ताले व्यहोर्ने छन् । अस्पतालको लगानी अनुपात ४७:५३ रहेको छ ।

अस्पताल निर्माणका लागि लगानीकर्ताले ४२ प्रतिशत रकम लगानी गरिसकेका छन् । अस्पताल निर्माणको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ८ तल्लाको निर्माण सकिएको छ भने ५० प्रतिशत इट्टाको काम भइसकेको छ । सन् २०२५ को जुलाईसम्ममा सञ्चालन गर्ने अस्पतालले लक्ष्य लिएको छ ।

३५० शय्यामध्ये एक सय शय्या विशेषगरी अन्कोलोजीका लागि प्रयोग हुनेछ । अस्पताल ६ हेक्टरमा निर्माण भइरहेको छ । त्यसमध्ये ३ लाख ७१ हजार स्क्वायरफिटमा अस्पतालको भवन बन्नेछ ।

दुई दशकअघि १५० शय्या क्षमताको नारायणी सामुदायिक अस्पताल सञ्चालन गरिरहेका भक्तमान श्रेष्ठसहित अन्य ७ जना लगानीकर्ताले अस्पताल निर्माण गरिरहेका हुन् । श्रेष्ठ अन्कोलोजिस्ट सर्जिकलको विशेषज्ञ हुन् ।

अस्पताल निर्माणका लागि दीर्घकालीन कर्जाका लागि २ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले डबल बी रेटिङ पाएको छ ।

अस्पतालको व्यवस्थापन समूहले नारायणी सामुदायिक अस्पताल गाभेर संयुक्त कारोबार गरिरहेको छ । त्यसमा सन् २०२३ मा ४५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० देखि सन् २०२३ सम्ममा ३ प्रतिशतले आम्दानी बढेको उल्लेख छ । साथै, अस्पतालले २१ प्रतिशत खुदा नाफा कमाएको छ ।

सन् २०२३ मा अस्पतालको क्षमता ७२ प्रतिशत उपयोग भएको पाइन्छ । अस्पतालका लगानीकर्ताहरुले अन्य स्थान नवलपरासी र गोर्खामा पनि अस्पताल सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु