रास्वपा समर्थकले ज्यान मार्ने धम्की दिएपछि हर्क साम्पाङले दिए उजुरी

434
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी दिएका छन् ।

साम्पाङले रास्वपाका समर्थक सुनिता खड्का नाम गरेको व्यक्तिले टिकटकमा ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिएको भन्दै उनीविरुद्ध उजुरी दिएका हुन् ।

गालीगलौज गरेको भन्दै साम्पाङले नेपाल प्रहरी प्रधान कार्यालय साइबार ब्यूरोमा छानबिनका लागि सोमबार उजुरी दिएका छन् ।

‘निजलाई तुरुन्तै पक्राउगरी कडा भन्दा कडा कानूनी कारबाही चलाउन अनुरोध गर्दछु र म तथा मेरो परिवार र घरको सुरक्षाको निम्ति आवश्यक कार्य गर्नसमेत आग्रह गर्दछु,’ साम्पाङले भनेका छन् ।