नाडा अध्यक्षमा डल्लाकोटीको समर्थन करण चौधरीलाई
काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटी पछि हटेका छन् ।
अध्यक्षका आकांक्षीहरु करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेर चौधरी अध्यक्ष हुने तय भए पनि नाडाका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि नाडामा चुनाब हुने अवस्था बनेको थियो ।
अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएपछि सो सहमतिबिरुद्ध डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको घोषणासँगै फेरि चुनाबी प्रक्रिया जानुपर्ने अवस्था सिर्जना भएको थियो ।
तर आज नाडाको नेतृत्व अहिलेको समयमा चुनाबी प्रक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणा अनुरुप, डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् ।
सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यहि सहमति पछि चुनाब नहुने भएको छ। सहमतिको पहल गर्न अध्यक्ष,निबर्तमान अध्यक्ष तथा कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।