नेपाली समाजमा हीनतावोध र नकारात्मकताको डढेलो लगाइँदैछ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा नकारात्मकता र हीन भावनाको डढेलो लगाइएको बताएका छन् ।

‘सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि सार्वजनिक कार्यक्रम’मा मंगलबार उनले प्रश्न गरे, ‘नेपाली समाजमा नकारात्मकता र हीन भावनाको डढेलो लगाइँदैछ, के देशमा सबै नराम्रो मात्र भइरहेको छ त ?’

सकिँदैन, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको उनको भनाइ छ । एकथरी तत्वले त नियोजित रुपमै यो नकारात्मकतालाई मलजल गरिरहेको उनले बताए ।

‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ,’ उनले भने ।


क्लिकमान्डु