सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनका १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु