नेपाल बैंकले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने



काठमाडौं । नेपाल बैंक लिमिटेड सेयरधनीहरुको हात खाली बनाएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरेको छ ।

बैंकले गत वर्षको वित्तीय विवरणअनुसार सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

सञ्चालक समितिको बैठकबाट पारित वित्तीय विवरण साधारण सभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय बैठकले गरेको छ ।


क्लिकमान्डु