मिठाई पसलबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप ५० वर्षमा बन्यो ठूलो व्यापारिक घराना



काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूह ५० वर्षमा पुगेको छ ।

बुद्धिबहादुर श्रेष्ठ तथा गणेशबहादुर श्रेष्ठले २०३० साल पुस ५ गते स्थापना गरेको लक्ष्मी मिठाई भण्डार मौलाएर लक्ष्मी समूहमा रूपान्तरित भई ५० वर्ष पुगेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका लक्ष्मी समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताए ।

आधा शताब्दीअघि लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रपु कन्फेक्सनरी, ट्रेडिङलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह हो । यो समूहले उत्पादन गरेको चकलेट संसारका आधा दर्जनभन्दा बढी देशमा निर्यात भइरहेको छ ।

लक्ष्मी समूहका अन्य कम्पनीहरु सुजल फुड्स, सुजल डेरी, जया प्याकेजिङ, सुजल प्लास्टिक छन् । नेपालका लागि हुन्डाइको आधिकारिक विक्रेता पनि रहेको यस समूहले नेपालमा नै हुन्डाईका गाडी एसेम्बल गर्ने तयारी गरिरहेका छ । केही समयअघि मात्रै यो समूहले समृद्धि ब्राण्डको डन्डी उत्पादन सुरु गरिसकेको छ ।

आगामी दिनमा कृषि र होटल क्षेत्रमा लगानी गर्ने योजना रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।


क्लिकमान्डु