पोखराबाट उड्न लागेको बुध्द एयरको ढोका खुलेपछि….



सांकेतिक तस्बिर

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुध्द एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ।

मङ्गलवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुध्द एयरको उडान नं.६५२ विमानको आकस्मिक ढोका एक यात्रुले खोलेपछि उडान रोकिएको हो ।

ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा बिमानको ढोका खुलेको थाहा भएको बुध्द एयरले जनाएको छ ।

जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कारणले खुल्न गएको भन्नेबारे अध्ययन भइरहेको बुद्ध एयरले जनाएको छ ।


क्लिकमान्डु