सरकारले तोक्यो उखुको समर्थन मूल्य



काठमाडौं । सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको हो ।

उद्योगीले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ तोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो । आज सरकारले ६ सय ३५ रुपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन् ।


क्लिकमान्डु