राजु तामाङलाई सिटी एक्सप्रेसको मेगा बम्पर उपहार, हात पारे ५ लाख ३० हजार



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको मेगा बम्पर उपहार राजु तामाङले पाएका छन् । रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका तामाङले ५३ हजार ७५ रुपैयाँ पठाएकोमा त्यसको १० गुणाबराबरको ५ लाख ३० हजार ७५० रुपैयाँ हात पारेका हुन् ।

कम्पनीले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम आइतबार घोषणा गरेको हो ।

चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता छनौट गर्दा साउदीमा कार्यरत तामाङ भाग्यमानी सावित भएका हुन् ।

कम्पनीले असोज १५ देखि मंसिर १५ सम्म चल्ने गरी ६१ दिनका लागि दसैँ, तिहार र छठलाई लक्षित उपहार योजना घोषणा गरेको थियो ।

जसअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजारका साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही ५ सय रुपैयाँको वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई आफूले पठाएको रकमको १० गुणा बढी दिने रकम पाउने योजनामा उल्लेख थियो ।

योजनाअन्तर्गत ६ हजार १ सय जनाले दैनिक उपहार ५ सयको वालेट टप अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार र २ जनाले मासिक उपहार जनही १ लाख रुपैयाँ जितिसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा पनि सुरु गरेको छ ।


क्लिकमान्डु