निसानले चीनमा बनेका विद्युतीय गाडी विश्व बजारमा ल्याउँदै



एजेन्सी । चर्चित गाडी उत्पादनक कम्पनी निसान मोटर्सले चीनमा निर्माण गरिएका विद्युतीय गाडीहरुलाई विश्व बजारमा ल्याउने घोषणा गरेको छ ।

रोयटर्सकाअनुसार कम्पनीले चीनमा त्यहाँको शीर्ष विश्वविद्यालयसँगको सहकार्य तथा स्थानीय स्रोतहरुको उपयोग गरि निर्माण गरेका विद्युतीय गाडीलाई विश्व बजारमा ल्याउने घोषणा गरेको हो ।

जापानी कम्पनी निशानले पहिल्यैबाट रहेको इन्टरनल कम्बस्टन इञ्जिन रहेका गाडीहरु र आगामी दिनमा आउने पूर्ण विद्युतीय तथा हाइब्रिड गाडीहरुलाई विश्व बजारमा ल्याउने बताएको हो । यी गाडीहरुको निर्माणका लागि निसानले चीनमा काम गरिरहेको छ । निशान मोटर्सका उपाध्यक्ष तथा निशान चाइनाका अध्यक्ष मशासी मात्सुयामाले चीनमा उत्पादित यी गाडीहरु विश्व बजारसामु लैजाने बताएका हुन् ।

निशानले चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाईडीलेजस्तै बजार केन्द्रित भएर जाने पनि मात्सुयामाले बताएका छन् । चीनमा रहेका जापानी गाडी उत्पादनहरुले बजारमा आफ्नो बचश्र्व गुमाउँदै गएको बीच विश्व बजारमा जान खोजिरहेका छन् ।

विश्वकै ठूलो गाडी बजार चीनमा अहिले स्वदेशी गाडी उत्पादकहरुको लोकप्रियता बढेको छ र अन्यको तुलनामा यीनिहरु सस्ता् मूल्यमा उपलब्ध छन् । यस्तोमा निसानले भने चीनमा उत्पादित गाडीहरुलाई विश्व बजारमा ल्याएर आफ्नो व्यापारलाई विस्तार गर्न खोजेको छ ।


क्लिकमान्डु