नेशनल फण्डको ४.२१ प्रतिशत लाभांश पारित



काठमाडौं ।  नेशनल फण्ड म्यान्जमेन्टले लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश पारित गरेको हो ।

स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल कम्पनीले पहिलो इक्विटी फण्डको रुपमा नेसनल इक्विटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य सुरु गरिसकेको जनाएको छ ।

नेशनल फण्ड विभिन्‍न संगठित संस्थाहरुको ७५ प्रतिशतभन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्राप्‍त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो ।


क्लिकमान्डु