कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा देउवालाई



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए ।

यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो । उनले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको काँग्रेसको निस्कर्ष छ ।

उनले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए । उनले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको बताए ।

त्यस्तै बैठकले केन्द्रिय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए ।

भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बताए ।

नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।


क्लिकमान्डु