काठमाडौं महानगर दिवस: प्रधानमन्त्रीदेखि हर्क साङ्पाङ्सम्म सहभागी



काठमाडौं । काठमाडौं महानगरपालिकाको २९औं महानगर दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम भइरहेको छ । शुक्रबार सैनिक मञ्च टुडिखेलमा कार्यक्रमको आयोजना भइरहेको छ ।

२०५२ सालमा काठमाडौं नगरपालिकालाई पहिलो महानगरपालिकाको रुपमा घोषणा भएको अवसरमा महानगरले दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरणमा स्थानीय तहले महत्वपूर्ण भूमिका निभाएको प्रधानमन्त्रीको भनाइ छ । स्थानीय तहको जग बलियो बनाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको उनले बताए ।

दिवसमा महानगरका प्रमुख बालेन्द्र शाहसहितका जनतप्रतिनिधिसहित विभिन्न स्थानीय सरकारका प्रमुखहरुको उपस्थिति रहेको छ । धरानका मेयर हर्क साङ्पाङसहितका नगरप्रमुख लगायत कार्यक्रममा उपस्थित रहेका छन् ।

कार्यक्रममा सबै वडाका तर्फबाट झाँकी प्रस्तुत गरिएको थियो ।


क्लिकमान्डु