सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु