सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन



काठमाडौं । सरकारको सञ्चार तथा सूचना प्रविधिको प्रमुख निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन भएको छ ।

शुक्रबार बिहानबाट मन्त्रालयको वेबसाइटमा समस्या देखिएको हो । मन्त्रालयको वेबसाइट खोल्न खोज्दा ‘४०४: पृष्ठ फेला परेन’ लेखिएको वेबपेज खुलेको छ । सँगै गृहपृष्ठ र नेपाल सरकारको लोगो देखिएपनि दुवैमा क्लिक गर्दा पुनः यहि पेज मात्र खुलेर प्रयोगकर्ता वेबसाईटको पहुँचमा पुग्न सकेका छैनन् ।

मन्त्रालयसँगै सूचना विभागको वेबसाइटमा पनि यस्तै समस्या देखिएको छ । विभागको वेबसाइट पनि शुक्रबार बिहान बाटै यस्तै समस्याका कारण खुल्न सकेको छैन । मन्त्रालय र विभाग दुवैका वेबसाईट नखुल्दा सेवाग्राहीले अनलाइनबाट पाउने सेवाबाट वञ्चित हुनु परेको छ ।


क्लिकमान्डु