नेपाली सेनामा १२५ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनामा १२५ जनालाई रोजगारीको अवसर खुलेको छ ।

सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा कर्मचारी मागेको हो ।

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि कर्मचारी माग गरेको हो ।

नेपाली सेनाको केन्द्रिय भर्ना छनोट केन्द्र स्वयम्भूमा पुस २८ सम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु