एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात



धनकुटा । धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । मध्यपहाडी राजमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि धनकुटामा हातपात भएको हो ।

भोजपुर हुँदै धनकुटाको महालक्ष्मी नगरपालिका पुगेका ओलीमाथि लेगुवामा मुक्का प्रहार भएको हो । उनीलाई लेगुवाकै महेश राईले मुक्का हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओलीको स्वागतमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओलीलाई मुक्का हानेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जानकारी दिएको छ ।


क्लिकमान्डु