१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहित ३ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको अभियोमा तीन सरसफाइ कर्मचारी पक्राउ परेका छन् ।
छानबिन समितिका प्रमुख मणिराम पौडेलका अनुसार सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङ पक्राउ परेका हुन् । उनीहरु बाहिरी कम्पनीबाट करारमा राखिएका हुन् ।
दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएको थियो भने सुपरभाइजर पाण्डेलाई बुधबार राति भक्तपुरबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए ।