एकै दिन सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको छ ।

गत मंसिर २२ गतेबाट निरन्तर घटेर बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु