काठमाडौं मल अगाडि माइक्रोले ठक्कर दिँदा बस कुरेर बसेका ६ जना घाइते



काठमाडौं । सुन्धरास्थित काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा १ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका सर्वसाधारण घाइते भएका हुन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसलाई ठक्करसमेत दिएको छ ।

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्लिकमान्डु