अम्बे मोबाइल कम्पनीले एक वर्षमा गर्‍यो १ अर्ब ३३ करोडको व्यापार



काठमाडौं । लाभा ब्राण्डको मोबाइल बेच्ने आधिकारिक बिक्रेता अम्बे मोबाइल प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२१ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०१९ मा १ अर्ब ५ करोड ८० लाखको व्यापार गरेको अम्बेले सन् २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनी अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनी हो । शोभाकर न्यौपाने अध्यक्ष रहेको कम्पनीको देशभर ४७ वटा खुद्रा स्टोर र सर्भिस सेन्टर छन् ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ५७ करोड रुपैयाँको रेटिङ पाएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु