सुर्तीजन्य पदार्थ बेचे महानगरले पसल बन्द गराउने, ५० जना नगर प्रहरी परिचालन



काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थको बेचबिखन तथा सार्वजनिक स्थलमा धुमपान गर्न प्रतिबन्ध गर्ने भएको छ ।

महानगरले यो नियम लागु गरेसँगै पालना भए/नभएको अनुगमनका लागि विभिन्न ४ ठाउँमा र केन्द्रमा गरि ५० जना नगर प्रहरीलाई खटाएर निगरानी गर्ने जनाएको छ ।

बुधबार महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा सूर्ति सेवनको निमित्त बनाइएका कच्चा सुर्ती, खैनी, गुट्टखाजस्ता सबै पदार्थहरुलाई पूर्ण रुपमा प्रतिबन्ध गरिएको जनाइएको छ । त्यस्तै, धुमपानको सन्दर्भमा पनि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बेच्न र सेवन गर्न पनि प्रतिबन्ध गरिएको महानगरले जनाएको छ ।

पसलबाट सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा पसल नै बन्द गरिने महानगरले जनाएको छ ।

धुमपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइएमा जफत गरि बन्द गरिने महानगरले जनाएको छ ।


क्लिकमान्डु