राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए ।


क्लिकमान्डु