हाउजिङ र अपार्टमेन्ट बनाउने सीई रियल इस्टेटले एकै वर्ष गर्‍यो साढे ६१ करोडको कारोबार



काठमाडौं । हाउजिङ र अपार्टमेन्ट बनाउने कमिटेड इन्टरप्रेनेयर (सीई) रियल इस्टेट प्रालिले एकै वर्ष ६१ करोड रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ६१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२२ मा ४७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले आवासीय र व्यवसायिक रियल इस्टेट आयोजनाको विकास गरी बिक्री वितरण गर्दै आएको छ । सीई कन्स्ट्रक्सन प्रालिअन्तर्गत सञ्चालनमा रहेको कम्पनीले विभिन्न स्थानमा पाँचवटा आयोजनाको विकास गरिरहेको छ ।

कम्पनीले उपत्यकामा, पोखरा र विराटनगरमा एक/एक वटा आयोजनाको विकास गरिरहेको छ । कम्पनीले आवासीय रियल स्टेट आयोजनाअन्तर्गत हात्तीवन हाउजिङ र प्रिमियर अपार्टमेन्ट निर्माण सम्पन्न गरेको छ । उक्त हाउजिङ र अपार्टमेन्टबाट कारोबार गर्ने तयारी अवस्था रहेको छ ।

कम्पनीले यसअघि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४६ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको थियो ।


क्लिकमान्डु