गण्डकी मेडिकल कलेजले एकै वर्ष गर्‍यो डेढ अर्ब आम्दानी



काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले एकै वर्ष करिब साढे १ अर्ब रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ । रिसर्च सेन्टरले सन् २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको हो ।

मेडिकल सम्बन्धी विभिन्न कोर्स र अस्पतालको सुविधा दिँदै आएको रिसर्च सेन्टरको आम्दानी सन् २०२३ मा १८ प्रतिशतले बढेको छ ।

५५० शय्या–अस्पतालको सुविधासहित सञ्चालनमा रहेको रिसर्च सेन्टरले सन् २०२३ मा अस्पतालतर्फको आम्दानी २७ प्रतिशतले बढेको उल्लेख छ । तर, मेडिकल कलेज सेग्मेन्टको आम्दानी भने १४ प्रतिशतले घटेको छ ।

सन् २०२३ मा १९ प्रतिशतले ओपीडीको बिरामी बढ्दा आइपीडी सेग्मेन्टमा भने बिरामीको संख्या घटेको छ । मेडिकल कलेजले सन् २०२३ मा २८ प्रतिशतले नाफा कमाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा सम्बद्ध रिसर्च सेन्टरले सन् २०२२ मा १ अर्ब १५ करोड ७० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ९७ करोड र २०१९ मा ८८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । रिसर्च सेन्टरले मेडिकल तथा हेल्थ साइन्स कोर्सहरु सञ्चालन गर्दै आएको छ ।

मेडिकल कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस, बीएससी एमाइटी, एमएलटी, बीपीएच, बी–फर्मा प्रोग्राम र पोस्टग्र्याजुएट प्रोग्राम सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु