आर्थिक मन्दीको असर: पर्साका १७७ उद्योग बन्द



पर्सा । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो।

उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले जानकारी दिए ।


क्लिकमान्डु