२७३ जनालाई सरकारी जागिरको अवसर, कुनमा कति माग (सूचनासहित)



काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले २७३ जनालाई रोजगारीको लागि आवेदन माग गरेको हो ।

राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) तहमा लोक सेवा आयोगले कर्मचारी माग गरेको हो । शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी कर्मचारी माग गरिएको आयोगको सूचनामा उल्लेख छ ।

आयोगले न्यायतर्फ ६८ जना कर्मचारी माग गरेको छ ।

आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलामा ४३ जना, महिलामा ७ जना, आदिवासी/जनाजातीतर्फ ७ जना, मधेसीमा ६ जना, दलितमा ४ जना र अपाङ्गमा १ जना गरी ६८ कर्मचारी माग गरेको हो ।

त्यसैगरी, परराष्ट्र प्रशासन, लेखापरीक्षण, संयुक्त र एकीकृततर्फ २०३ जना अधिकृत माग भएको छ । आयोगले खुलातर्फ १०६ जना, महिलातर्फ ३१ जना, आदिवासी/जनाजातीतर्फ २४ जना, मधेसी २४ जना, दलित ९ जना, अपाङ्ग ४ जना र पछडिएको क्षेत्रमा ५ जना अधिकृतका लागि विज्ञापन माग भएको छ ।

राष्ट्रिय मानव अधिकार सेवातर्फ खुला र आदिजासी जनजाती १/१ जना माग भएको छ । माग गरिएको आवेदन आगामी पुस १७ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । साथै, दोब्बर दस्तुरमा पुस २४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदनका लागि १२ सय दस्तुर लाग्नेछ । तर, एकै सेवा/समूह/उपसमूहको पदका समावेशी समूहतर्फका लागि थप ४ सय लाग्नेछ ।

आयोगले माग गरिएको पदका लागि परीक्षाको मिति पनि तोकेको छ । आयोगले न्याय सेवाको संयुक्त लिखित परीक्षा चैत १८ गतेदेखि २० गतेसम्म हुने जनाएको छ । त्यस्तै, तृतीय श्रेणी एकीकृत सेवाको प्रथम चरणको परीक्षा माघ २७ गते हुनेछ ।

त्सपछि प्रथप चरण उत्तीर्ण आवेदनकर्ताको परीक्षा चैत २१ गतेदेखि २३ गतेसम्म हुनेछ । साथै, मानव अधिकार सेवाको प्रथम पत्र चैत १६ गते र द्वितीय पत्र १७ गते हुनेछ ।


क्लिकमान्डु