सडकमा व्यापार गर्न पाउनुपर्ने मागसहित ई: ले थालेको प्रदर्शनमा स्थानीयको हस्तक्षेप, च्यातिदिए पम्प्लेट



ललितपुर । फुटपाथ व्यवसाय निषेध गर्ने ललितपुर महानगरपालिकाको निर्णयविरुद्धको ई: को प्रदर्शनमा स्थानीयले हस्तक्षेप गरेका छन् । महानगर कार्यालयअगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ई: लाई स्थानीयले अवरोध गरेका हुन् ।

मंगलबार दिउँसो ३ बजे अभियन्ता ई: ललितपुर महानगरको निर्णयविरुद्ध उभिएर विरोध गर्न महानगर कार्यालयअगाडि पुगेलगत्तै स्थानीयले प्रदर्शन गरेका थिए । ई: विरोधमा उभिन लागेपछि स्थानीयले महानगरको निर्णयको बचाउ गर्दै प्रदर्शन गर्न गरेका हुन् ।

विरोधमा उभिएका ई: का अभियन्ताले बोकेको पम्प्लेट प्रदर्शनकारीले च्यातिदिएका छन् । आक्रोशित स्थानीय ई: माथि जाइलागेपछि प्रहरीले अभियन्तालाई सुरक्षितसाथ प्रहरी प्रभाग पुल्चोकमा लगेको छ ।

ललितपुर महानगरपालिकाले आइतबारदेखि मंगलबजार-लगनखेल सडकलाई फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्र तोकेपछि ई: का अभियन्ताले सोमबार सडकमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै १०८ मिनेट उभिएर विरोध गर्ने बताएका थिए ।


क्लिकमान्डु