ग्यासमा व्यापारीले मनपरी मूल्य लिए जानकारी गराउनुस्, कारबाही गर्छौं: संघ



काठमाडौं । ग्यास विक्रेताले खाना पकाउने ग्यासको आफूखुसी मूल्य असुल गर्दै आएको फेला परेको छ । विक्रेताहरुले प्रतिसिलिन्डर २ हजार रुपैयाँसम्म उपभोक्ताबाट लिएको पाइएको हो ।

सरकारले तोकेको मूल्यभन्दा बढी लिएको पाइएपछि नेपाल एलपी ग्यास उद्योग संघले तोकिएको मूल्यमा मात्रै ग्यास सिलिन्डर खरिद गर्न उपभोक्तासँग आग्रह गरेको छ । संघका अध्यक्ष शिव घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको मूल्यमै सिलिन्डर खरिद गर्न आग्रह गरेका छन् ।

सरकारले १४.२ किलो तौलको ग्यास सिलिन्डरलाई १ हजार ८९५ रुपैयाँ तोकेको छ । निर्धारित मूल्यभन्दा बढी रकम असुल गर्ने विक्रेताको बारेमा सूचना उपलब्ध गराउन आग्रह गर्दै संघले बढी मूल्य असुल गर्ने विक्रेतालाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।


क्लिकमान्डु