केबीएल सेक्युरिटिजले थाल्यो धितोपत्र कारोबार



काठमाडौं । केबीएल सेक्युरिटिजले धितोपत्र कारोबार थालेको छ । कुमारी बैंकको सहायक कम्पनीका रुपमा स्थापित केबीएलले सोमबारदेखि औपचारिक रुपमा कारोबार थालेको हो ।

नेप्सेबाट सेयर ब्रोकर नं ९४ पाएको केबीएल सेक्युरिटिजको कुमारी बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कारोबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा केबीएल सेक्युरिटिज र कुमारी बैंकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी एवं लगानीकर्ताको उपस्थिति थियो ।

कारोबार आरम्भ भएसँगै सेयर लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले प्रतिबद्धता जनाए ।

केबीएल सेक्युरिटिज कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।


क्लिकमान्डु