साझा यातायातमा सीईओको जागिर खुल्यो



काठमाडौं । साझा यातायातमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरिएको छ । साझाले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ ।

कम्पनीका अनुसार कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा संगठित संस्थामा १०औं तह वा सो सरहको जिम्मेवारी लिएको र सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवदेन दिने व्यक्ति दरखास्त दिने मितिसम्म ४५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदन दिनेमध्येबाट छनोटमा पर्नेहरुले व्यावसायिक कार्ययोजना बनाई त्यसमा प्रस्तुतीकरण दिनुपर्नेछ ।

इच्छुकले ४५ दिनभित्रमा आवेदन दिन सक्ने कम्पनीको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु