यी ४ प्रदेशमा आज हिमपातको सम्भावना



काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

सोमबारको मौसम

दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्नसतर्कता अपनाउन सुझाव दिएको छ।


क्लिकमान्डु