पोखराबाट बस चोरेर चितवन पुर्‍याउने बालक पक्राउ



काठमाडौं । पोखराबाट बस चोरी गरी चितवनतर्फ लैजाँदै गरेका १ जना बालक पक्राउ परेका छन् ।

गत शुक्रबार राति कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा पार्किङ गरी राखेको यात्रु बस चोरी गरेको अभियोगमा १७ वर्षीय बालक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

ग १ ख ९६३८ नम्बरको बस चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको थियो ।

गाडी खोजतलास गर्ने क्रममा तनहुँ म्याग्दे गापा-३ बस्ने १७ वर्षीय एक बालकले चलाउँदै लगिरहेको अवस्थामा चितवन भरतपुर-११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला पारेको थियो । उक्त बससहित बालकलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु