किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने



काठमाडौं । उद्यमशिलता शिक्षा प्रदान गर्दैआइरहेको किंग्स कलेजले स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने बताएको छ ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार बर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पिढीलाई सबल बनाउने उदेश्य राखेको जनाएको छ ।

यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ ।

उसोत यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर बास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने विश्वास कलेजले लिएको छ ।

शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउर्ने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधीको अध्ययन-अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययनअनुसन्धान गरिरहेका ब्यक्तित्वहरुले यस विषयको अध्यापन गराउने बताइएको छ ।

‘कम्युटर प्रविधीको क्षेत्रमा ज्ञान र शिपको नविन लहरको श्रृजना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छौं,’ पाण्डेले भने ।

आउँदो शैक्षिक शत्रदेखि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स्मा कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले बताएको छ । प्रविधीको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, ब्यवासयी एवं कप्युटर बैज्ञानिकहरुले यस कार्यक्रममा सहभागी हुन पाउनेछन् । कलेजले भविष्यमा कम्युटर साइन्स्को स्नातकोत्तर कक्षा पनि संचालन गर्ने बताएको छ ।


क्लिकमान्डु