स्टार्टअपलाई सरकारले पुरस्कृत गर्ने, ३० दिनभित्र प्रस्ताव पेस गर्न आह्वान
काठमाडौं । नवप्रवर्तनकारी उद्यमी(स्टार्टअप) हरुलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्नका लागि आइतबार प्रस्ताव आह्वान गरेको हो ।
आव २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविष्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान, सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीलाई प्रोत्साहित गर्न मन्त्रालयले यो कार्यक्रम राखेको हो ।
उक्त कार्यक्रममा पुरस्कृत गर्नका लागि नवप्रवर्तनकारी उद्यमीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ । प्रस्ताव मन्त्रालयमा पेस गर्नुपर्नेछ ।
मन्त्रालयले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धि मापदण्ड, २०८० बमोजिम प्रस्ताव आह्वान गरेको हो । आगामी ३० दिनभित्रमा प्रस्ताव पेस गर्न मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।