एनसेलको सेयर खरिद-बिक्री प्रकरणः सरकारले बनायो ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति



काठमाडौं । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ५ सदस्यीय उच्चस्तरिय छानबिन समिति गठन गरेको हो ।

समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन् भने सदस्यहरूमा फणिन्द्र गौतम, रितेशकुमार शाक्य, सुजन कुमार काफ्ले र बाबुराम भण्डारी रहेका छन् । समितिलाई यसको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिने सम्झौता भएको थियो ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा व्यवसाय गरिरहेका नेपाली मुलका नागरिक हुन् ।


क्लिकमान्डु