सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।