तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एकजना व्यापारी पक्राउ



काठमाडौं । न्यूरोडको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबारराति अवैध सुन गाल्ने कारखानमा छापामारि एक जनालाई नियन्त्रणमा लिएको छ ।

पर्ल गोल्ड प्रालिमा प्रहरीले छापामारी सञ्चालक कैलालीका पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।

कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाइएको प्रहरीको भनाइ छ । ५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ।

बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


क्लिकमान्डु